Harsamaya
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग
सडकमा जुत्ता सिलाउने श्रमिकलाई सहयोग सामग्री हस्तान्तरण गर्दै मेयर सुशिला शाही ।

काठमाडौं - लम्कीचुहा नगरपालिकाले सडकमा जुत्ता सिलाउने श्रमिकहरूलाई सहयोग गरेको छ । 

नगपालिकाले नगर क्षेत्र भित्रको सडकमा बसेर जुत्ता चप्पल सिलाएर जीविकोपार्जन गर्दै आएका १० जना श्रमिकहरूलाई जुत्ता मर्मत सामग्री सहयोग गरेको लम्कीचुहा नगरपालिका प्रमुखको सचिवालयले जानकारी दिएको छ । 

पालिकाले जुत्ता सिलाउने मेसिन, वर्किङ बेन्च, कुर्जी, विभिन्न साइजका सोलहरू, छाता, सोलुसन, कैँची, सूईलगायतका सामग्री वितरण गरेका हो । सामग्री पाएपछि श्रमिकहरू खुशी भएका थिए ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update