Harsamaya
मेलम्चीमा सडकबाट तल बस खस्यो: करिब आठजना घाइते, चालकको अवस्था गम्भीर
दुर्घटनाग्रस्त बस ।

सिन्धुपाल्चोक -  तिपेनीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको यात्रुबाहक बस मेलम्ची बजार पारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 

घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागी पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।  

गम्भीर घाइते चालक ढकालसहित तीन जनालाई टिचिङ अस्पताल काठमाडौं रिफर गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update