
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को लागि ९९ करोडको बजेट पेश गरेको छ । मंगलबार गाउँपालिकाको केन्द्र नवलपुरमा आयोजित आठौं गाउँसभामा नीति बजेट तथा योजना पेश एवं सार्वजनिकीकरण कार्यक्रममा २०८२/८३ को लागि बजेट पेश गरिएको हो ।
गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ९९ करोड ४४ लाख ३० हजारको बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए। आगामी आर्थिक वर्षको बजेट एक अर्ब पुग्न लाई ५५ लाख ७० हजार कम भएको हो । बजेट वक्तव्य उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गरेकी थिइन्।
आज गाउँसभामा प्रस्ताव गरिएको बजेट आउँदो असार २७ गते बस्ने गाउँसभाले पारित गर्नेछ।
गाउँसभामा इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवम् वडा ५ का वडाध्यक्ष शशिनाथ आचार्यले नीति तथा कार्यक्रम पेश गरेका थिए।
हेर्नुस् इन्द्रावती को नीति तथा कार्यक्रम