Harsamaya
तीन वटा चलचित्र मार्फत अनमोल केसीको ‘कमब्याक’
अभिनेता अनमोल केसी ।

काठमाडौं - लामो समयपछि अभिनेता अनमोल केसी चलचित्रमा कमब्याक गर्दैछन् । उनी ‘जेरी अन टप’ , ‘बाटुलो जुन’ र  ‘ए मेरो हजुर - ५’  मार्फत नेपाली चलचित्रमा छाउने भएका हुन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले यो खुशीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र खुशी भएको बताएका छन् । उनले लेखेका छन् , ‘‘जेरी अन टप’ , ‘बाटुलो जुन’ र  ‘ए मेरो हजुर - ५’  मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ हजुरहरू  माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र  हर्षित छु ।’

नेपाली चलचित्र उद्योगमा साथ, सहयोग, शुभेच्छा र माया , हौसला र प्रेरणा प्रदान गर्नुहुने  मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरू, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरू प्रति म कृतज्ञ रहेको पनि बताएका छन् । केसी लामो समयदेखि चलचित्रमा देखिएका छैनन् । पछिल्ला केही फिल्म फ्लप भएपछि केसी पर्दामा देखिन छाडेका थिए ।  

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update