
काठमाडौं - दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (सोमबार) देखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बागलुङ जिल्ला गल्कोट नगरपालिका र बागलुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
यसैगरी, १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो । उक्त आईपीओका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्कासन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ ।