Harsamaya
एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहीँ असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सार्वजनिक बिदा परेकाले जेठ १४ सम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्नेएशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगे मुक्तिनाथ विकास बैंकका बिर्तामोड़, विराटनगर, जनकपुर, नारायणगढ़, पोखरा–चिप्लेढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढ़ी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सेबोनबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो सेयर अनलाइन पनि आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update