Harsamaya
विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम ।

काठमाडौं - नेसनल प्याब्सन बुढानीलकण्ठ नगर समितिले  विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम दिएको छ । कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा सुरक्षा गार्डहरूको पेशागत कार्यदक्षता, व्यवहार र उत्तरदायित्व सम्बन्धी विविध पक्षमा प्रशिक्षण  दिएका छन् ।

प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पुर्‍याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्धि ल्याउने रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारीले यस्ता तालिमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update