Harsamaya
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

 

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  असार ७ र ८ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update