Harsamaya
बजारबाट ९० अर्ब झिक्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बजारमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । 

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सूचना मार्फत आवहान गरेको छ । कममा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update