निलो टाई लगाएर पुगे रास्वपा सांसद बानेश्वर

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगाएर संसद भवन पुगेका हुन् ।
‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ’, सांसद मनिष झाले भने, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका छन्।’
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्