Harsamaya
खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?’
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक ।

काठमाडौं - शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।

उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न नसकेको बताए ।

उनले भने, ‘घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै गएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेका छन् । त्यहाँ जाँदा नेपाली कामदारले पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न सकेको छैन ।’

यसैगरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् भन्दै उनले प्रश्न गरे । उनले अहिले पनि एक लाख भन्दा बढि  महिला दिदीबहिनीहरु खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराखेको अवस्था रहेको बताए ।

उनले भने, ‘बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिबन्ध लागेपनि फेरि प्रतिबन्ध खुलाउँदै कामदारहरू गएको अवस्था छ । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् यसमा मेरो प्रश्न ? खै  श्रम मन्त्री ? खै  कानुन मन्त्री ? । नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा  केही छैन । अहिले  पनि एक लाख भन्दा बढि महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि  वेदना पोखिराख्नु भएको  छ । हाम्रो  सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानुन मन्त्री र  श्रम मन्त्री हेरेर बसिरहनु हुन्छ ।’  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update