प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौं - प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो ।
त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बस्ने बैठक जनाएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ २०:०८
प्रतिक्रिया दिनुहोस्