Harsamaya
सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरी आन्दोलनमा होमिने चेतावनी
सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा  विलासिता कर र भ्याट लगाउने घोषणा खारेज नगरे सुनचाँदी व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी  दिएका छन् ।

काठमाडौं - सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरूले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ ।

आम सर्वसाधारण उपभोक्ता देखि सबै बर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शुल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरूले त्यसको खारेजीको माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update