Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज अपराह्न ३ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र  प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update