
काठमाडौं - संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । सहमतिको लागि पटक पटक दलहरूबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्केको छैन ।