Harsamaya
संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य : दाहाल
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताएका छन् । 

सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्तापक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारणसहमतिमा पुग्न नसकेको बताए । 

उनले भने, ‘सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन । उहाँहरु समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो । सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो । त्यो नभएका कारण सदन चल्न सकेको छैन् । सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन् । उहाँहरुकै कारण सहमतिमा पुग्न सकेका छैनौ ।’
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update