Harsamaya
प्रतिनिधिसभा बैठक बुधवार बस्ने
प्रतिनिधिसभाको बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।

यस बीचमा पनि सहमति हुन नसकेपछि बुधवार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अवरोध भइरहेको छ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update