Harsamaya
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद ।

काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे र राष्ट्रिय सभाको १ः१५ मा बस्दै छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र  प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । 

यता राष्ट्रियसभाको बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै  उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भन्सार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  "विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत  गर्ने र  “पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update