Harsamaya
गाजामा अहिलेसम्म २२५ पत्रकारले ज्यान गुमाए 
गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २२५ पत्रकार मारिएका छन् ।

गाजा - गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २२५ पत्रकार मारिएका छन् ।

गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्वजनिक गरेको हो ।

गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।

३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाई सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update