Harsamaya
जन्ते बाख्रोको भव्य प्रिमियर
जन्ते बाख्रोको प्रिमियर ।

काठमाडौं - यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो । 

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो ।

प्रिमियर पछि पत्रकारहरूसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भूमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे । 

‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात दाइको ममिको भूमिका निभाउनु भएको रमा थपलिया ज्यू उहाँको एकदम राम्रो गर्नुभएको छ । समग्रमा राम्रो छ,’उनले भने । 

यस्तै कलाकार लोकेन्द्र लेखकले टिम राम्रो हुँदा नै चलचित्र राम्रो बन्ने भन्दै यो टिमले राम्रो चलचित्र बनाएको बताए ।

उनले भने, ‘जब टिम राम्रो भईदिए पछि सबै राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामीले कन्टेन मात्र भनिरहेका छौ कहिलेकाहीँ कन्टेनको बिचमा मनोरञ्जन, पारिवारिक चलचित्र जो सबैले हेर्न मिल्छ । २ घण्टाको समयमा बच्चादेखि बुढासम्म सबैले मनोरञ्जन लिएर खुसी हुँदै बाहिर जाउन्  भन्ने यो प्रयास हो ।’ उनले थप भने,‘ यसमा टिम नै राम्रो भएर पनि अव यो मिस हुनेवाला छ ।’

यसैगरी प्रिमियरमा पुगेका वर्षा राउत र सञ्जोग कोइरालाले पनि लामो समयपछि रमाइलो चलचित्र हेर्न पाएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update