रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ

काठमाडौं - रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ घर भई काठमाडौंको सिफलचौर बस्ने उनलाई मंगलबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। उनी रमण कन्स्ट्रक्सन प्रालिमा सञ्चालकमध्येका एक हुन्।
पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। तर उाीहरु दुबै जना फरार छन्। उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो।
उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभ सम्बन्धी कसुरमा जाहेरी परेको थियो। महतोलाई प्रहरीले धनुषा पठाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्