Harsamaya
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो  छ कार्यसूची
संघीय संसद ।

काठमाडौं - संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे र राष्ट्रिय सभाको १ः१५ मा बस्दै छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र  प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले  विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update