Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभा बैठक ।

काठमाडौं -  प्रतिनिधिसभाको बैठक बस्दैं छ । संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको हो । 

मंगलबार ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । २ बजेसम्म पनि सहमति हुन नसके पछि बैठक बुधबारसम्मका लागि स्थगित भएको थियो ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update