Harsamaya
नेपाली रेल सेवा दुई  महिना बन्द
नेपाली रेल सेवा दुई दुई महिना बन्द ।

जनकपुर - जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुँदै आएका नेपालको राष्ट्रिय झन्णा अङ्कित रेल सेवा दुई महिना बन्द हुने भएको छ ।  साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्ण अङ्कित दुई वटा रेलमा यात्रुले आज देखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्णा अङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।

नेपाल रेल्वे कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीका अनुसार “नेपालको झन्डा अङ्कित रेल आइतबार बिहानै जनकपुरबाट यात्रु लिएर जयनगर जाने छन् । त्यहाँ यात्रु झारेर मर्मत सम्भारका लागि भारतको लखनउ जाने छन्। त्यहाँ करिब दुई महिनासम्म मर्मत सम्भारपछि सो रेल पुनः जनकपुर आई सञ्चालनमा आउने छ ।  उहाँका अनुसार सो रेलमार्गमा नेपाली रेलको सट्टा पहेँलो रङको शाकुरवस्ती’ नामको भारतीय रेलले सेवा प्रदान गर्ने छ ।  वैकल्पिक सेवा दिनका लागि आएको भारतीय रेल अहिले नेपालको इनरुवा स्टेसनमा राखिएको छ ।  भारतले निःशुल्क रूपमा सो रेल पठाएको उहाँले बताउनुभयो ।

२०७६ असोजमा जनकपुर आइपुगेका भारतको कोकण रेलवेबाट नेपालले खरिद गरेको दुई वटा रेल २०७८ चैत २० गते उद्घाटन भई सञ्चालनमा आएको थियो । नेपालले करिब ८४ करोड रुपियाँमा भारतबाट ती दुई वटा रेल खरिद गरेको थियो ।

भारतीय सहयोगमा मर्मत सम्भार

प्रशासन प्रमुख डाँगीले भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा रेलको मर्मत सम्भार हुन लागेको जानकारी दिनुभयो । मर्मतका लागि नेपाली रेल लखनउसम्म लैजाँदा र ल्याउँदा लाग्ने खर्च, दुधाक खर्च लैजाँदा ल्याउँदा लाग्ने जनशक्ति खर्च, त्यसमा लाग्ने इन्धन खर्च, मर्मतमा लाग्ने प्राविधिक तथा उपकरणलगायतका सबै खर्च भारतले नै बेहोर्ने प्रशासन प्रमुख डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको शून्य लागतमा दुई वटै रेलको मर्मत सम्भार हुन लागेको हो ।

नेपाल रेलवे कम्पनी सञ्चालक समितिले निःशुल्क मर्मत सम्भार गरि दिनका लागि निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय राजदूतावासमा पठाएर निःशुल्क रूपमा मर्मत सम्भार गर्न लागिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update