
काठमाडौँ - आज २०८२ जेठ १८ गते आइतबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ - अब हेरौँ, तपाईँको राशिमा के लेखिएको छ ?
मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाइको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । आफन्तसँग बिताएको समयले तपाईँलाई फाइदा हुनेछ। आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
वृष : आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ । आजका दिनको ध्यान बच्चाहरू र परिवारमा केन्द्रित हुनेछ । तपाईँले आफ्नो जीवन भन्दा बढी तपाईँलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
मिथुन : केही बोल्नु अघि राम्ररी सोच्नुपर्ने बेला छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तपाईँको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ ।
कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईँले आफ्नो गतिविधिको क्षेत्रमा असीमित सफलता पाउने सम्भावना छ। धेरै फाइदा पाउन आफ्नो सबै कौशल लगाउनुहोस्।
सिंह : परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । तपाईँको रिसले सानो कुरालाई ठुलो पहाड बनाउन सक्छ र मात्रै आफ्नो परिवारका सदस्यहरूको मन बिगार्छ।
कन्या : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।
तुला : सामाजिक मान सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेको छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
वृश्चिक : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरू फेला पर्नेछन् । साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ ।नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।
धनु : व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । काममा राम्रो फाइदाको योग रहेको छ । सहयोगीहरूको साथ पनि जुट्नेछ।
मकर : पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला।
कुम्भ : धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेको छ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् ।
मीन : पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ।साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ।