राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजसंस्था र हिन्दु राज्य पुनस्थापनाको मागसहित राजावादीहरूले आन्दोलन आज पनि जारी छ ।
उनीहरुले माइतीघर, बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् । उनीहरूले बिहीबार शान्ति वाटिकामा प्रदर्शन गरेका थिए ।
राप्रपा, राप्रपा नेपालसहितका दलहरूले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।
 
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १६:४६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
