Harsamaya
सुनको मूल्य बढ्दा चाँदी घट्यो
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update