पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो

काठमाडौं - पोखरामा पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटिएको छ । हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा बेपत्ता भएका माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको थियो ।
नम्बर–२४ कालिका गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले २० फिट गहिराइबाट शव निकालेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:४७
प्रतिक्रिया दिनुहोस्