Harsamaya
पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

काठमाडाैं - नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ । उनकी पत्नी  विमला महतको गए राति १:४५ बजे ६० वर्षको उमेरमा निधन भएको पूर्व मन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी  थिइन् ।

२०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्। जसले मांसपेशी कमजोर बनाउने, नसा दबाउने,शरीरलाई लल्याकलुलुक बनाउने गम्भीर असर गर्दछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update