Harsamaya
यस्तो छ बिहीबारको विदेशी मुद्राको वीनिमयदर
सांकेति तस्वीर:हर समय/ Har samaya

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ  ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ  रुपैयाँ ९८ पैसा, बहराईन दीनार एकको खरिदमा ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०६ पैसा,  ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ०० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update