Harsamaya
‘लिटिल बुद्ध’ जेल चलान
विवादित धर्मगुरु रामबहादुर बम्जन ।

काठमाडौं  - विवादित धर्मगुरु रामबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा  जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायीमाथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । 

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर आज फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update