Harsamaya
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक
करिना पुरी, एनोज महर्जन र मनिषा रानाभाट ।

काठमाडौं - २०२५ मे २४ र २५ तारिखमा श्रीलंकाको कोलम्बोमा सम्पन्न ९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेर देशको नाम गौरवान्वित बनाएका छन्।

यो प्रतियोगितामा नेपालबाट रवि शाहीको नेतृत्वमा खेलाडी र रेफ्रीहरूको टोली सहभागी भएको थियो। एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते। करिना पुरीले सिनियर कुमुते -५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन्।

खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो। नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए। सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन्।

प्रतियोगितामा नेपाली टोलीको समर्पण, मेहनत र आत्मविश्वास स्पष्ट देखियो। खेलाडी र रेफ्री दुवैको सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कराते खेलको छवि अझ मजबुत बनेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update