Harsamaya
ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै सक्ने दाबी
- ललितपुरको ग्वार्कोमा ओभरपासको काम धमाधम ।

काठमाडौं - ललितपुरको ग्वार्कोमा ओभरपासको कामले गति लिएको छ । जेठ मसान्तसम्म काम सक्ने गरी धमाधम काम भइरहेको निर्माण कम्पनीको दाबी छ । 

सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।

निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको  र्‍याम्प अर्थात् फ्लाइओभर र सडकलाई जोड्न बीचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी  गरेको छ ।

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्‍याम्पमा बिहीबारदेखि प्राइम कोट बिछ्याउन सुरु गरेको छ।सातदोबाटोतर्फको  र्‍याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ।ओभरपाससम्पन्नगर्न१७करोड६लाख८८हजारमा ठेक्का लागेको हो।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । 


 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update