चतुर्मुखी सामुदायिक वनमा गैँडा मृत फेला

चितवन - कालिका नगरपालिकामा रहेको चतुर्मुखी सामुदायिक वन क्षेत्रमा वयस्क एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । अन्दाजी सात वर्षको गैँडा बिहीबार साँझ मृत फेला पारेको थियो ।
गैँडा एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिए ।
गैँडा मृत अवस्थामा फेला परेपछि वन कार्यालयका प्रतिनिधि, पशु चिकित्सकलगायतको टोली घटनास्थल पुगेको थियो । मृत गैँडाको खाग खुर सुरक्षित रहेको प्रमुख खनालले जानकारी दिए । खाग खुर डिभिजन वन कार्यालय भरतपुरमा सुरक्षित राखिएको छ । गैँडा मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने पशु चिकित्सकको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ २२:१२
प्रतिक्रिया दिनुहोस्