Harsamaya
५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो 
ना ५ ख ६७४७ नम्बरको ट्रक ।

रौतहट - बारा प्रहरीले ५४ लाख ३५ हजार बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे २ बजेको समयमा ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैधरुपमा रहेको सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित कार्यालय अगाडि चेक प्वाइन्टमा ट्रकलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको पाइएको छ । 

बीरगंजबाट रूपन्देही जाँदै गरेको उक्त समानको स्रोत खुलाउन नसकेकाले बरामद गरिएको उनको भनाइ छ ।

उक्त ट्रकमा रू.५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरू रहेको उनले जानकारी दिए । सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update