दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले बिहीबार अनुमति दिएको हो ।
प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्