आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको मूल्यमा वृद्धि, युरोमा गिरावट
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि देखिएको छ भने युरोपियन युरोको मूल्यमा केही गिरावट आएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ९ पैसा कायम गरिएको छ। अन्य प्रमुख मुद्राहरू जस्तै युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर र साउदी अरेबियन रियालको मूल्य पनि वृद्धि भएको छ।
तर, युरोपियन युरोको मूल्य भने घटेर खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार विनिमय दरमा परिवर्तन समय-समयमा गर्न सकिने छ र वाणिज्य बैंकहरूले तोकेको विनिमय दर राष्ट्र बैंकको दरसँग फरक हुनसक्छ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:१६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    