भन्सार छलीको सामान बोकेको २ मोटरसाइकलसहित तस्कर पक्राउ

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले भन्सार छलीको सामान बोकेको २ थान मोटरसाइकल सहित २ जना तस्करलाई पक्राउ गरेको छ।
बरामद मोटरसाइकलको नम्बर र तस्करको नाम नखुलाइएको जिल्ला प्रहरी प्रवक्ता दीपक कुमार रायले बताएका छन्।
भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको ३ लाख ६७ हजार ७९५ मूल्य बराबरको कपडा, किराना, गुडियाको माला चौपाया लगायत सामान,२ मोटरसाइकल सहित २ जना लाई प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
कुल ४ लाख,६७ हजार ७९५ रुपैयाँ मूल्यांकन गरी बरामद सामान २ मोटरसाईकल सहित दुबै जना तस्करलाई आवश्यक कारबाहीको लागि मंगलबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १३:१०
प्रतिक्रिया दिनुहोस्