Harsamaya
त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका 
त्रिभुवन विश्वविद्यालय ।

काठमाडौं - त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले महत्वपूर्ण निर्णय गर्दै स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अन्तिम एक पटकका लागि शोधपत्र (Thesis/Dissertation) बुझाउनको लागि अवसर प्रदान गर्ने निर्णय गरेको छ। 

२०८२ साल बैशाख २९ गते बसेको प्राज्ञिक परिषद् बैठकले यस्तो निर्णय गरेको हो । परिषद्‍ले जारी गरेको निर्णय नं. १४६ अनुसार, विभिन्न संकाय तथा अध्ययन संस्थानमा अध्ययन पूरा गरी परीक्षा उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीहरूले २०८२ सालको पौष महिनाभित्र आफ्नो शोधपत्र बुझाउन पाउनेछन्।

साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०५२ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले भने आफ्नो मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिबाट तीन महिनाभित्र शोधपत्र बुझाउन सक्नेछन्।

यस निर्णयले लामो समयदेखि अनुसन्धान कार्य अपूरो रहेका विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा पूर्ण गर्न ठूलो सहुलियत दिने विश्वास गरिएको छ।

thesis-1747748923.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update