Harsamaya

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षित हुन प्रेरणा दिने बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित ऋषिवँश एकता सेवा समाज नेपालको छैठौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले ३२ वटा डिग्री हासिल गरेका डा.अम्बेडकरको प्रतिमा हेरेर जनतालाई शिक्षाको महत्व महसुस हुने धारणा राखे । भारतमा डा.अम्बेडकरले लेखेको संविधान अहिलेसम्म लागू अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले डा.अम्बेडकर पार्कको नाममा कुनै राजनीति नहुने आफ्नो र आफ्नो पार्टीको अभिप्राय रहेको बताए ।

मुख्यमन्त्री सिंहले मुसहर समुदायलाई पढाई कम्तीमा एसइई र विवाह २० वर्ष पछि गर्न सुझाव दिए । उनले मुसहर समुदायमा शिक्षाको स्तर अति कमजोर भएका कारण अहिलेसम्म पछाडि परेको बताए । मुख्यमन्त्री सिंहले मुसहर समुदायकालागि पनि आगामी बजेटमा कुनै न कुनै प्याकेज ल्याउने आश्वासन दिए ।

त्यस्तै, मुख्यमन्त्री सिंहले जग्गा व्यवस्था भए दिना भद्री पार्क र दिना भद्री म्यूजियम बनाउन आगामी बजेटमा रकम विनियोजन गर्ने उद्घोष समेत गरे ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update