Harsamaya
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण
केही महिनादेखि बोनम्यारो रोगबाट पीडित २७ वर्षीया मिना लामालाई आर्थिक सहयोग हस्तान्तरण ।

सिन्धुपाल्चोक - केही महिनादेखि बोनम्यारो रोगबाट पीडित २७ वर्षीया मिना लामालाई आर्थिक सहयोग स्वरूप १ लाख ७३ हजार ६५० रुपैयाँ हस्तान्तरण गरिएको छ।

इन्द्रावती गाउँपालिका–१ निवासी मिना लामालाई नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष गर्ज बहादुर गुरुङले सोमबार संकलित सहयोग रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले मिना लामाको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, उनले लामालाई आत्मबल मजबुत बनाउन आग्रह गर्दै सान्त्वना व्यक्त गरे।

mina--1747662120.jpg
 

सहयोग वितरणपछि इन्द्रावती गाउँपालिकाका भूतपूर्व सैनिक संघका अध्यक्ष तथा ‘मिना लामा बचाउ अभियान’ सञ्चालन गर्दै आएका लिला बहादुर तामाङले उपचारका लागि थप सहयोग जुटाउने प्रतिबद्धता जनाए। साथै, सहयोग संकलनमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे।

रकम हस्तान्तरण मा नेपाल भूतपूर्व सैनिक संघ का केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र थापा र नेपाल भूतपूर्व सैनिक संघ बागमती प्रदेशका अध्यक्ष मणिलोचन न्यौपाने लगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update