कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

काठमाडौं - कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।
जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ ।
यो पटक नेपालबाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।
खड्काले आफ्नो फेसबुकमा लेखेका छन्, ‘७८ औं कान्स फिल्म फेस्टिभलमा विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु । फ्रान्सेली फिल्म 'द रिचेस्ट वुमन इन द वर्ल्ड' को प्रिमियरमा भाग लिन र रेड कार्पेटमा हिंड्न निमन्त्रणाको गरेकोमा आभारी छु।’
<>
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय