Harsamaya
डमरु लामा भोटेको सरकारलाई प्रश्न - हुम्लामा हिमताल फुट्दा कति क्षति भयो?
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ ।

गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ती नै थप जोखिममा परेपछि सांसद डमरु लामा भोटेले ध्यानाकर्षण गराएका हुन् । 

उनका अनुसार ४७ सय मिटर माथि रहेको हिमताल जेठ १ गते विस्फोट भएको हो । उनका अनुसार सो विस्फोटबाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिँचाई हुँदै आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।

‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३३ जना अहिले खेतमा पाल टाँगेर बसेका छन्, जसमा २१ जना महिला,९ जना पुरुष २ जना बालक रहेका छन् ।’

हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारबाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहत दिन र उद्धार गराउन पनि माग गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update