Harsamaya
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने
संघीय संसद ।

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन बानेश्वरमा बस्ने छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहिते ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै छलफलपछि सो विधेयक पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update