स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै

काडमाडौं - भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।
आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि तनावकोबीचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानबीचमा तनाव व्यवस्थापन भइ युद्धविराम भएपछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।
पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौलता छाएको थियो । आजको पहिलो खेल अर्थात् ५८ म्याच बैंग्लरू र कलकताबीचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय