Harsamaya

काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति पूर्व मन्त्री धनराज गुरुङले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले नेपालको कृषि प्रणालीमा बढ्दै गएको रासायनिक मलको प्रयोगबारे चिन्ता व्यक्त गरेका हुन् । 

उनले भने,‘कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक मललाई एकदमै न्यूनीकरण गरेर लैजानुपर्ने छ । प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानुपर्छ ।’

कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update