Harsamaya

काठमाडौं - नेपाल वैदेशिक रोजगार संघको अध्यक्ष भुवन सिंहले मलेसियामा लगाइएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताए । 

बुधबार सिण्डिकेट विरुद्ध खबरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् । 

‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउँछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’  उनले भने । 

उनले आफूले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट तोड्न प्रक्रिया अपनाउने बताए । 

यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्वअध्यक्ष रोहन गुरुङले मलेसियामा काम गरिरहेका संस्था र व्यक्तिहरूलाई सिण्डिकेटका विरुद्धमा लाग्न निर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरूमापनि बढ्दै जाने भन्दै व्यवसायीहरू पलायन हुने वातावरण सिर्जना हुने बताए ।  


 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update