Harsamaya
जनकपुरको पोखरीमा पुरुषको शव फेला
जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला ।

जनकपुर - जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम वडा नं. ४ का अन्दाजी ४० वर्षीय रविन कर्णको शव फेला परको हो । उनी हिजो बेलुका करिब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । 

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डिएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जना सहित ९ जनाको टोलीले हिजो उनको खोजीमा परिचालन गरिएको थियो । 

टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन । आज बिहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बरामद भएको कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update