शनिबार देखि पुनः सुरु हुँदै आइपिएल

काठमाडौं - भारत र पाकिस्तानबिचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिवार देखी पुनः सुरु हुने भएको छ । गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ । क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे ३०) मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ ०९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय