
भारत - भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि आज दिउँसो १२ बजे वार्ता हुने तय भएको छ । जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा गोलाबारी भएको थियो ।
भारत र पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बिचको संवादपछि साँझ ५ बजेबाट संघर्ष विराम लागू गरिएको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यस संघर्षविरामलाई स्वागत गर्दै भारत र पाकिस्तानबिच दीर्घकालीन शान्तिको आशा व्यक्त गरेका छन् ।